Logo

भेटियो चन्द्रमामा विक्रम यान रहेको स्थान



चन्द्रमामा हल्का अवतरण गर्न चुकेको विक्रम यान रहेको स्थान भेटिएको छ । भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनका प्रमुख के सिभनले विक्रम यान भएको स्थान पत्ता लागेको बताएका हुन् ।

दुरदर्शन टेलिभिजनसँगको कुराकानीमा स्थान पत्ता लागेको र सम्पर्कको प्रयास भइरहेको जानकारी दिए । दुई हप्तासम्म सम्पर्कको प्रयास हुने उनको भनाई थियो । यानमा क्षति पुगेको नपुगेकोबारे सोध्दा उनले त्यसबारे थाहा नभएको जवाफ दिए ।

शनिबार अवतरणको दुई किलोमिटर मात्र बाँकी हुँदा विक्रम यान सम्पर्क विहिन भएको थियो । भारतको चन्द्रमामा यानको सफल अवतरण गर्ने प्रयास विफल भएपछि चिन्ता छाएको थियो ।

गति घटाउँदै अवतरणको क्रममा रहेको चन्द्रयान २ को विक्रम यान सम्पर्कविहिन भएको थियो । इसरोका प्रमुख सिभनले आँसु झारेका थिए । उनलार्य बैगलोरस्थित इसरोको कक्ष पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धाप मारेर धैर्य गर्दै अगाडि बढ्न भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot