Logo

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक : ६५ लाख नगद, ५५ तोला सुन (विवरणसहित)



काठमाडौं, २४ भदौ । नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् । उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए । प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ ।

नेपाल सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको १००औँ दिनको अवसरमा संगठनमा भएका गतिविधिबारे जानकारी गराउन मङगलबार आयोजित पत्रकार सम्मेलन तथा चौथोे त्रैमासिक रोलकल कार्यक्रममा सहभागी हँुदै प्रधानसेनापितलगायत उच्चपदस्थ अधिकारी । तस्बिरः प्रदीपराज वन्त

त्यसैगरी दुईवटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेभसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot