Logo

मधुमेह बाट जोगिने घरेलु उपचारविधि



मधुमेह अर्थात् डाइबेटिज भएको छ भने नआत्तिनुहोस् । यसलाई नियन्त्रणमा राख्न सकिन्छ त्यो पनि विना औषधि सेवन । शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त गर्ने र पाचन क्रियालाई प्रभावकारी बनाउने विधि अपनाएर नियन्त्रणमा राख्न सकिन्छ ।

यसो गर्नुहोस्:

  • खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । मधुमेह वंशानुगत छ र शरीर मोटो छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४/५ महिनासम्म खाने ।
  • तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।
  • अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस (कली(केसरा) बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
  • हर्रो, बर्रो, अमला, जिरा, कुटकी, चिराइतो, सुठो, तेजपात, गुर्जो, मेथी, जामुनको भित्रको कडा भाग (गुठली), आँपको बियाँभित्रको गुदी खाने ।
    उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।
  • सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।


प्रतिक्रिया दिनुहोस्

Screenshot