Logo

अवैध लागूऔषध सहित पक्राउ



रौतहट, २६ भदौ । अवैध लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ६ देउराली चोक बस्नेसंजय तिमल्सिना रहेका छन् । उनलाई गौर नगरपालिका १ मेनचौकबाट नियन्त्रित लागूऔषध सहित २४ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तिमल्सिनाको साथबाट डाइजेल्याब ३३ एम्पुल, फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल, नाइट्राभेट २७ टयाब्लेट र एभिल ईन्जेक्सन दुई थान प्रहरीले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot