Logo

मुगावेलाई जन्म गाउँमा गाडिने



जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेलाई कहाँ गाडिने भन्ने विवादको टुंगो लागेको छ । उनको परिवार र सरकारबीच गाड्ने स्थलबारेको विवादमा परिवार माथि परेको छ । परिवारले भनेजस्तै उनलाई जन्मेको गाउँ कुटामामा गाडिनेछ ।

परिवारले कुटामामा आइतबार मुगाबेलाई गाडिने पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसै हप्ता मुगाबेको सिंगापुरमा निधन भएको थियो । ३७ वर्ष जिम्बाबेको शासन गरेर त्यहाँको सेनाले कू गरी सन् २०१७ मा हटाएपनि मुगावे स्वतन्त्रता संग्रामका नायक भएकाले उनको विशेष सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय भइसकेको छ । तैपनि, परिवार देखि मुगावेले लामो समय नेतृत्व दिएको जानु पीएफ पार्टीका नेताहरुबीचको विवाद गाड्ने स्थानको टुंगो लगाउने विषयमा विवाद आएको थियो ।

यसअघि एउटा पक्ष त्यहाँको स्वतन्त्रता आन्दोलनमा जीवन आहुती दिनेहरुको सम्झनामा स्थापित राष्ट्रिय स्मारकमा गाड्ने बताइरहेको थियो । अर्को पक्ष मुगावेलाई उनकै गाउँ कुटामामा गाड्न चाहन्थ्यो ।

सिंगापुरबाट हरारेमा चाटर्ड विमानबाट मुगावेको शव लगिएको थियो । बुधबार शव जिम्बाबे पुर्याइएपनि आइतबार मात्र गाडिनेछ । त्यसका लागि मुगाबेको शव उनको गाउँमा लगिनेछ ।

अफ्रिकी संस्कार अनुसार मृतकको आत्मलाई शान्ति प्रदान गर्न विशेष कर्मकाण्ड गरिन्छ । त्यसैले मुगाबेको शव समाधिस्थ गर्न समय लाग्ने भएको हो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot