Logo

चन्द्रयान अवतरण असफल हुनुमा मोदी अपसगुन बनेको आरोप



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अपसगुन’ बनेको आरोप लागेको छ । त्यो पनि एकजना पूर्व मुख्यमन्त्रीबाट । कर्नाटक राज्यका मुख्यमन्त्री एच डी कुमारास्वामीले मोदी ‘अपसगुनी भएको आरोप लगाएका छन् ।

चन्द्रयान २ सफल अवतरण हुनुमा मोदीको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इशरोमा भएको आगमन कारण रहेको कुमारास्वामीको आरोप छ । वर्षौं देखि भइरहेको योजनालाई आफूले गराएको भनी प्रचार गर्न मोदी बैंगलोरस्थित इशरोमा पुगेको उनको भनाई थियो ।
भारतीय सञ्चारमाध्यमले कुमारास्वामीको पछिल्लो आरोप उल्लेख गरेका छन् । मोदी बढी हल्ला र विज्ञापन गर्न ाथलेको उनको आरोप थियो ।

चन्द्रयान को अवतरण असफल हुँदा मोदी इसरोकै केन्द्रमा थिए । उनले वैज्ञानिकहरुलाई हौसला दिएर फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot