Logo

विवादमा नागरिकता विधेयक, समितिमा भनाभन



काठमाण्डौ । नागरिकता विधेयकमा विवाद भएको धेरै समय भइसक्यो । संसदीय समितिमा अड्किएको विधेयकका विषयमा धेरै पटक छलफल भयो । तर सहमति जुटेन । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समिति नै अनिर्णयको बन्दी बनेको छ ।

संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सासदहरुबीच मत बाँझिदा शुक्रबार संसदीय समितिको बैठक केही समय प्रभावित बन्यो ।

प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयार पारेको संसोधन विधेयक प्रतिवेदन अध्ययनका लागि समय पाउनुपर्ने धारणा राखेका थिए ।

तर सभापति शशि श्रेष्ठले वैबाहिक अंगिकृत नागरिकताको विषयमा संशोधन भएर आएको दफामा मात्रै छलफल गरि निर्णयमा पुग्न दबाब दिएपछि बैठकमा केहीबेर सांसद र सभापतिबीच भनाभनको स्थिति देखा प¥यो ।

अधिकांश सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषय भएकाले हतारमा निर्णयमा पुग्न नहुने भन्दै एक दिन अध्ययनका लागि समय दिन माग गरेका थिए ।

गृहमन्त्री राम बहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । बैठकमा उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरि अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारेका हुन् ।

बैवाहिक अंगिकृत नागरिकताको सवालमा समितिमा लामोसमय देखि छलफल हुदै आएको छ । सरकारले ल्याएका दर्जनौं विधेयक यतिबेला अलपत्र छन् ।

कुनै विधेयकप्रति विपक्षी राजनीतिक दल एवं नागरिक स्तरमा तीब्र आलोचना भएर रोकिएका छन् त कतिपय संसदीय समितिमै अलपत्र परेका छन् । सबैभन्दा धेरै विवादमा नागरिकता विधेकय परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot