Logo

यी सुन्दरीले लगाइन् पूर्व राष्ट्रपतिलाई आरोप



यी दुनियाँका खतरनाक राष्ट्रपति थिए । यीनीमाथि महिला हिंसाको गम्भीर आरोप छ । एक पूर्व सुन्दरी प्रतियोगिताकै विजेताले भनेकी छिन्, ‘मेरो अनुहारमा गुप्तांग दले, लडाएर कपडा खोले अनि मैथुन गरे । त्यसपछि म तीन दिनसम्म घरबाट निस्किनँ । तीन दिनपछि छिमेकी सेनेगल भागें ।’

गाम्बियाका पूर्व राष्ट्रपति याहा जमेहले आफूलाई किशोरावस्थामा गरेको को खुलासा यसरी गरिन् पूर्व ब्युटी क्विन फटु तुफा ज्यालोले ।

सेनेगलको राजधानी डाकारमा पुगी मानवअधिकारवादी संस्थाको सहयोग मागेकी थिइन् । त्यसको केही हप्तापछि क्यानडा गइन् जहाँ उनी
गाम्बियाको राजधानी बन्जुलमा राष्ट्रपति जमेहलाई सन् २०१४ को सुन्दरी प्रतियोगितामा भेट्दा मात्र १८ वर्षकी थिइन् । प्रतियोगिता जितेपछि उनलाई जमेहले बाबुको जस्तै व्यवहार गर्थे । सुझाव, उपहार र पसा दिन्थे ।

एक दिन डिनर डाकेर आफ्ना सहयोगीमार्फत् विवाहको प्रस्ताव पठाए ज्यालोले अस्वीकार गरिन् । सन् २०१५ मा धार्मिक कार्यक्रमका लागि बोलाए । ज्यालोलाई राष्ट्रपतिको निजी निवासमा लगियो । जमेहले आक्रोश पोखे । थप्पड लगाएर हातमा सुई हाले । त्यसपछि उनलाई बलात्कार गरे ।

ज्यालोले याहा जमेहले बलात्कार गरेको घटना खुलासा गरेपछि गाम्बियाको सरकारले अन्य पीडित महिलाहरुलाई पनि घटनाबारे उजूरी गर्न आग्रह गरेको छ । इक्वेटोरियल गिनीमा निर्वासित पूर्व राष्ट्रपति जमेहको दल एपीआरसीले भने उक्त आरोप निराधार रहेको दाबी गरेको छ ।

उक्त दलका प्रवक्ता उस्मान राम्बो जाट्टाले जमेहको महिलाप्रति उच्च सम्मान रहेको बताएका छन् । उनीमाथिको आरोप झुट भएको भन्दै त्यस्ता आरोपको खण्डन गर्न जमेहसँग समय नभएको प्रतिक्रिया दिएका छन् ।-दी सिटिजन



प्रतिक्रिया दिनुहोस्

Screenshot