Logo

भाञ्जा जङ्गबहादुरबार यसरी मारिएका थिए माथवरसिंह थापा



जब जङ्गबहादुरले मामा माथवरसिंह थापाले केही थापाखलकका सदस्यको पनि हत्या गरेका थिए तब सोधे-मामा आफ्नै मान्छेलाई किन मार्ने आदेश दिनुभएको ? माथवरसिंह थापाले हाँस्दै भने-भाञ्जा राजनीतिमा आफ्नो र अर्काको हुन्न । उनले मामाको यही भनाईलाई हेक्का राखिरहे ।
माथवरसिंह थापाले राष्ट्रघात हुने कुनै काम गरेनन् । गहन व्यत्तित्वका धनी हुनाले मुलुकका बासिन्दाले उनलाई दिलदार किसिमले माया गर्थे भनी ओल्डाफिल्ड नामक अङ्ग्रेजले उल्लेख गरेका छन् । उनले मजबुत सैन्यसङ्गठनका साथै मनबुत गुप्तचर सङ्गठन नगर्दा कुसमयमा मनुप¥यो । उनलाई अकालमा मारिनुपर्ला, आफ्नै भान्जाले षड्यन्त्रकारीसँग मिली गोली हान्ला भन्ने कल्पनासम्म पनि थिएन । तर परिस्थिति उनीभन्दा बलियो बनिदियो । उनले राजसंस्थालाई हार्दिक श्रद्धा देखाउँदादेखाउँदै पनि खुसामदी गर्न जाँदैनथे ।

आफूकहाँ मुलाहिजा गर्न नआएकोमा राजा, रानी, राजकुमार सबै उनीसँग तर्सेजस्तो भएका थिए । त्यसमाथि कान्छी महारानीको घुर्की सबैको भन्दा ठूलो थियो । उनको योजना पनि भयानक किसिमको हुनाले र माथवरसिंह थापाबाट पूरा होला भन्ने आशा मर्न थालेको हुनाले उनलई पन्छाउने कुरापट्टि लाग्न थालेकी थिइन् । उता माथवरसिंह अकालमा मर्नुपर्ने छैन भनी विश्वस्त थिए । त्यो बेला नेपालदरबारमा योग्य भारदार नहुँदा गगनसिंह खवास र जङ्गबहादुरजस्ता नवयुवकहरको प्रवेश भएको थियो । कान्छी रानीले ती दुवैलाई खुसामदी गरेकी हुँदा आफ्नो इच्छा पुग्ला कि भन्ने ठानेकी थिइन् । त्यसैले माथवरसिंह थापाका दोषहरू सङ्कलन गर्न थालिएको थियो ।

ती दोषका कारण माथवरसिंह थापालाई सोझै आरोप लगाई बर्खास्त गर्न मिल्ने कुरा थिएन । त्यसैले राजा, रानी, भारदारका सल्लाहले जङ्गबहादुर र गगनसिंहले पर्दापछाडि लुकेर प्रधानमन्त्रीलाई हनुमानढोका राजदरबारमा गोली हान्ने षड्यन्त्र भयो । तदनुसार वि।सं। १९०२ जेठ २ गते ९१७ मे १८४५० राति ११ बजे ‘महारानीलई पेटमा शूल उठी बेहोस भएर घाट लानुपर्ने भएकोले तुरून्त दरबार जाऔँ’ भनी कुलमानसिंह बस्न्यात बोलाउन गए ।

माथवरसिंह आडपहरिया पनि नलई दरबारमा एक्लै राति गए । रानीको कोठामा जानै लाग्दा दाहिने कोखाको पर्दापछिबाट ३ गोली चलेर कञ्चट, कोखा र काँधमा लाग्यो माथबरसिंह थापालाई पक्का मर्ने भएँ भन्ने ठानी दुई हात जोडी राजारानीसामु पुग्दा राजाले मुखमा थुके भने पछाडिबाट तरबारले रोपी पेटै छेड्यो, राजाको खुकुरीले एक आठपहरियाले । अनि त बाँच्ने कुरै भएन।

माथवरसिंह थापाका हात काटिए, लडे अनि उनको लासलाई च्यादरमा लपेटी झ्यालबाट चोकमा खसालियो । राति नै उनको लास जलाइयो जुन कुरा देख्नेसुन्नेलाई बाहेक अरूलाई थाहै भएन । त्यसैले ‘दरबार कि तरबार’ भनेको हो । (ब्रदर्श बुकको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट) Photo Source: wikipedia



प्रतिक्रिया दिनुहोस्