Logo

संविधान दिवसमा कैदि बन्दीलाई ठुलो राहत



काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुई सय ६० जना कैदी बन्दीको कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित दुई सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिलाई लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर६ सय ३४ जनालाई विभिन्न विभूषण मानपदवी, अलंकार र पदक प्रदान गर्न लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot