Logo

चेल्सीको आक्रमण रोक्दै लिभरपुलको जित



चेल्सीको एकपछि अर्को आक्रमणलाई विफल पारिदिएपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार जीत हासिल गरेको छ । लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले चेल्सीमाथि २-१ को जित निकाल्यो ।

गएराति चेल्सीलाई उसकै मैदानमा पराजित गर्ने क्रममा लिभरपुलले कठिन संघर्ष गर्नुपर्यो । खेलको पहिलो हाफमा अलेक्जेन्डर आरनल्ड र फर्मिनोको गोलले २-० को स्थितिमा रहेको लिभरपुललाई दोस्रो हाफमा चेल्सीले लगातार दबाबमा पारेको थियो । खेलको ७१ औं मिनेटमा कान्टेले लोभलाग्दो गोल गरेर बराबरीको सम्भावनालाई बलियो बनाएका थिए ।

चेल्सीको आक्रमणलाई लिभरपुलको रक्षापंक्तिले असफल पारिदियो । लिभरपुलले जितसँगै लगातार छ खेलमा सबैमा जित हासिल गरी १८ अंक बनाएको छ । Photo Source: Primierleague



प्रतिक्रिया दिनुहोस्

Screenshot