Logo

शौचालयमा फोन प्रयोगले पाइल्सको खतरा



हामी आधुनिक युगमा प्रवेश गरेका छौ । प्रायः काम विभिन्न किसिमको ग्याजेटहरु मार्फत गर्ने गर्छौ । यस प्रक्रारको ग्याजेटहरुको अत्यधिक प्रयोगले खतरा निम्त्याउन सक्छ । आधुनिक युगमा मानिसहरु विना काम पनि मोबाइल, कम्युटर जस्ता सामाग्रीहरु प्रयोग गर्ने गर्छन् । अत्यधिक मात्रामा प्रयोग गर्नाले यसबाट निस्केको विकिरणले निकै हानी पुर्याउने गर्छ । आजकल मानिसहरु जहाँ जादा पनि मोबाइलको प्रयोग गर्ने गर्छन । यस कारण शरीरलाई निकै हानी हुने गर्छ ।

समय काट्न दिशा गर्न जादा समेत मानिसहरु मोबाइलको प्रयोग गर्ने गर्छ ।डाक्टर अनुसार यसको प्रयोग सौचालयमा गर्दा शरीरलाई निकै हानी पुर्याउने बताएका छन् । यसले हाम्रो शरीरमा हेमोर्रोइड्स नामक रोग निम्त्याउने गर्छ । जसलाई आम भाषामा पायल्स पनि भनिन्छ । हाम्रो दिशा नालीको तल्लो भागमा मासु पलाउने गर्छ । यो एक प्रकारको ठिक नहुने किसिमको रोग हो । उक्त रोग हामी आफैले निम्त्याउने गर्छौ । धेरै बेर सम्म हामी शौचालयमा मोबाइल समातेर बस्दा यो निम्तिने गर्छ । करिब ५७ प्रतिशत मानिसमा यस प्रकारको रोग मोबाइलबाट हुने गर्छ ।

यस रोगको लक्षणहरु :

रगत आउनु , चिलाउनु , बस्न उप्ठ्यारो हुनु , बस्दा दुख्नु , दिशा गर्दा रगत आउनु । यस प्रकारको लक्षण आजकल मोबाइल चलाउँदा हुने गर्छ ।-एजेन्सी Photo Source: Mirror.co



प्रतिक्रिया दिनुहोस्

Screenshot