Logo

पृथ्वीनारायण शाहकी आमा मगर समुदायकी



नेपाल एकीकरण गर्ने पृथ्वीनारायाण शाह सात महिनामै जन्मिएका थिए । गोरखाका राजा नरभूपाल शाहकी रानी कौशल्यावती देवीको कोखबाट जन्म लिएका पृथ्वीनारायण शाहको आमातर्फको वंशज पाल्पाका मगर थिए ।

पाल्पाली राजा गुनधर्भ सेनकी छोरी थिइन् कोशल्यावती देवी । सेन राजाका मगर समुदायकी रानीबाट कोशल्यावतीको जन्म भएको थियो ।
पृथ्वीनारायण शाहको मामावली खलकको साइनो मगरहरुसँग थियो । यो तथ्य मानवशास्त्री डोरबहादुर बिष्टले पत्ता लगाएका थिए । उनका छोरा केशरबहादुर बिष्टले पृथ्वीनारायण शाह नरभूपाल शाहको मगरतर्फकी रानीबाट जन्मिएको बताउँदै आएका छन् ।

शाह वंशमा पृथ्वीनारायण शाहलाई मगरहरुले साथ दिनुमा मामली साइने पनि कारण हो । युद्धको मोर्चामा मगरहरुले पृथ्वीनारायण शाहले खुबै सहयोग गरेका थिए ।-File Photo
(इतिहासका विभिन्न पुस्तक र इतिहासबारे जानकारहरुसँगको कुराकानीका आधारमा लेखिएको )



प्रतिक्रिया दिनुहोस्

Screenshot