Logo

मंसिरदेखि रेल चल्ने



काठमाडौं, ९ असोज । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द महतोले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot