काठमाडौं, ९ असोज । गत आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासमा बैंकहरुले धेरै मुनाफा कमाएका छन् । नेपालमा भएका २८ वटा वाँणिज्य बैंकहरु मध्य सबैभन्दा बढी एनसीसी बैंकले एक अर्व १६ करोड ४० लाख ३० हजार नाफा गरेको छ । राष्ट्रिय वाँणिज्य बैंकले तीन अर्ब ४९ करोड, नेपाल बैंकले करिब २ अर्ब २४ करोड, सानिमा बैंकले करिब एक अर्ब ५७ करोड, प्रभु बैंकले करिब एक अर्ब ४५ करोड र माछापुच्छ्रे बैंकले करिब एक अर्ब २४ करोडको नाफा गरेका छन् ।
त्यसैगरी, एभरेष्ट बैंकले करिब २ अर्ब २१ करोड, सिटिजन बैंकले करिब १ अर्ब ६ करोड, नेपाल एसबिआई बैंकले करिब १ अर्ब ६० करोड, सिद्धार्थ बैंकले करिब १ अर्ब ५९ करोड, सनराईज बैंकले करिब १ अर्ब २२ करोड, ग्लोबल आईएमई बैंकले करिब १ अर्ब ८७ करोड, कुमारी बैंकले करिब १ अर्ब, एनएमबी बैंकले करिब १ अर्ब ६५ करोड, स्टान्र्डड चार्टड बैंकले १ अर्ब ७३ अर्ब, नबिल बैंकले करिब ३ अर्ब १९ करोड, नेपाल बंगलादेश बैंकले करिब १ अर्ब १४ करोड, बैंक अफ काठमाडौंले करिब १ अर्ब २० करोड, लक्ष्मी बैंकले करिब १ अर्ब २ करोड, मेगा बैंकले करिब १ अर्ब २१ करोड, कृषि विकास बैंकले करिब २ अर्ब २१ करोड, प्राईम कर्मसियल बैंकले करिब १ अर्ब ५४ करोड, हिमालयन बैंकले करिब २ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले करिब २ अर्ब ५६ करोड, सेञ्चुरी बैंकले करिब ६१ करोड, एनआईसी एशिया बैंकले करिब २ अर्ब २७ करोड, सिभिल बैंकले करिब ४९ करोड र जनता बैंकले करिब १ अर्ब २ करोड नाफा बनाएका छन् ।