Logo

कला र उडानका सौखिन थिए राजा वीरेन्द्र



तत्कालीन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवले पिता महेन्द्रको स्वर्गारोहणपश्चात् सन् १९७२ देखि नेपालको राजकीय सत्ता सम्हाले । उनको शासनकाल दरबार हत्याकण्ड नुहुन्जेल (सन् २००१) सम्मको कालखण्डसम्म उनको देहवसान नभईन्जेल जारी रह्यो । अन्तर्राष्ट्रिय जगतमा नेपालका ऐतिहासिक विश्वविख्यात राजाका रुपमा परिचित छन् ।

आफूले उच्च शिक्षा हासिल नगरेपनि राजा महेन्द्रले छोराछोरीको शिक्षादिक्षामा निकै ध्यान दिएका थिए । वीरेन्द्रलाई दुनियाँका नाम चलेका शैक्षिक संघ संस्थामा पढ्न पठाए । दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजअन्तर्गतको जेसट स्कूलमा आठ वर्ष अध्ययनको क्रममा बिताएका थिए ।

बेलास्थित इटन कलेजमा सन् १९५८ मा उनले प्रवेश गरे । सन् १९६४ मा ईटन कलेजबाट अध्ययन पूरा गरी उनी नेपाल फर्के र उनले भेष बद्लेर नेपाली गाउँ–बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे । जसक्रममा उनले स्थानीय तहका उपलब्ध वस्तुहरुको उपभोग गर्दैै गाउँघर र गुम्बाहरुमा समेत रात बिताए ।

हावर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययनपूर्व उनले आफ्नो अध्ययनको कार्यलाई सन् १९६७ देखि १९६८ सम्म टोकियो युनिभर्सिटीमा शिक्षा हासिल गरे । भ्रमणको क्रमलाई वीरेन्द्रले युवावस्थामा भ्रमण गर्नु वीरेन्द्रको शोख नै थियो । जसअनुरुप उनले क्यानडा, ल्याटिन अमेरिका, अफ्रिका र केही संख्यामा एसियाली देशहरुसमेत घुमे । नेपाली कलाका पारखी राजा वीरेन्द्र नेपाली कलाकारहरु र शिल्पकारहरुका दह्ररिलो सहयोगी थिए । उनले हेलिकप्टर उडाउन समेत सिके ।

शालिन र मिलनसार राजाको १९ जेठ २०५८ मा दरबारभित्र हत्या भयो । हत्याकाण्डमा उनको वंशनाश भयो । यस हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्रलाई दोषी देखाइएको छ । तर, यसबारे अझै शंका कायम छ । (ब्रदर्श बुक्सको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट साभार)



प्रतिक्रिया दिनुहोस्