Logo

एक केजी चरेश बोकेका तीन युवा सडकमा समातिए



काठमाडौं, १० असोज । अवैध लागुऔषध चरेश सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका १ ठेगाना भएका रामबहादुर मिजार, रामेछाप काँडादेवी गाउँपालिका ७ का प्रज्वलराज श्रेष्ठ र नुवाकोट म्यागम गाउँपालिका ६ का आस्मा लामा रहेका छन् ।

काठमाडौं महानगरपालिका १२ टेकुस्थित सडक किनाराबाट चरेश एक केजी तीन सय ग्राम सहित ९ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

फाइल तस्विर



प्रतिक्रिया दिनुहोस्

Screenshot