Logo

फरार बलात्कारका अभियुक्त पक्राउ



कास्की, १० असोज । बलात्कार मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नवबुद्ध नगरपालिका १० बस्ने समशेर तामाङ रहेका छन् । उनलाई ९ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका वैदामबाट पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot