Logo

विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट



काठमाडौं,११ असोज । निजी हवाई सेवा प्रदायक कम्पनीहरुले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडमा ५० प्रतिशत छुट दिने भएका छन् ।

बिहीबार बसेको वायुसेवा सन्चालक संघको बैठकले ७० वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकले यो सुविधा पाउन सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा आफू विपन्न भएको प्रमाणित गर्नुपर्ने संघले जनाएको छ ।

यो छुट एउटा ‘ट्रंक सेक्टर’को उडानमा दुईजनालाई र ‘स्टल रुट’मा एकजनालाई मात्रै हुने संघले जनाएको छ ।

छुट सुविधा यही असोज १२ गतेबाट लागू हुने संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot