Logo

दलीय भागवण्डा : नेकपालाई चीन, कांग्रेसलाई भारत



काठमाडौं ११ असोज । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका राजदूतसँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरु नै छन् ।

दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री देशको संयोजक पाएका हुन् । द्विपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ ।
‘मित्रराष्ट्रबीचको कूटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकआपसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने । यो समाचार अन्नपूर्ण पोष्ट्मा



प्रतिक्रिया दिनुहोस्

Screenshot