Logo

सूर्य जत्रै तारा ब्ल्याक होलले निल्यो, सूर्यलाई निले के होला (भिडियोसहित)



सूर्य जत्रै तारालाई ब्ल्याक होलले निलेको छ । नासाले ब्ल्याक होल र ताराबारे अनुसन्धान गर्ने क्रममा तारालाई ब्ल्याक होलले निलेको दृश्य कैद गरेको छ ।

दुई वर्षयता चारवटा क्यामरा राखेर तारा र ब्ल्याक होल नियालिरहेको नासाले पहिलोपटक ब्ल्याक होलले तारा निलेको दृश्य कैद गरेको हो । सूर्य जत्रै तारा निल्ने ब्ल्याक होलको वजन सूर्यभन्दा ६० लाख गुणा बढी रहेको नासाले जनाएको छ ।

जब तारा ब्ल्याक होलको नजिक पुग्छ तब त्यो बच्न सक्दैन । ब्ल्याक होलको गुरुत्वाकर्षण शक्तिले तानेर आफूभित्र विलय गराउँछ । ग्याँसबाट बनेको अति तातो ब्ल्याक होल निकै शक्तिशाली हुन्छ ।

सूर्य पनि कुनै दिन ब्ल्याक होलमा विलय हुने अनुमान गरिएको छ । कुनैपनि समय सूर्य ब्ल्याक होल नजिक पुगेमा यसको विलय निश्चित छ । त्यो भन्दा अघि सूर्यले गुरुत्वाकर्षणले आफूलाई घुमिरहेका ग्रहको विलय गराइदिनसक्छ । पृथ्वी पनि सूर्यलाई घुमिरहेको छ ।
ब्ल्याक होल ब्रम्हण्डकै सबैभन्दा शक्तिशाली मानिन्छ । यसले ताराहरुलाई निलिरहेको हुन्छ । जुन विरलै थाहा लाग्छ । Photo Source: NASA

भिडियो:



प्रतिक्रिया दिनुहोस्

Screenshot