काठमाडौं, १२ असोज । चितवनमा कुटिएका ज्ञानेन्द्र शाहीको उपचार जारी छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । शनिबार बस रोकेर उनीमाथि कुटपिट भएको थियो ।
भ्रष्टाचार अभियन्ता शाहीलाई कार्यक्रम गर्न नदिइएपछि उनी चढेको माइक्रो बसमा आक्रमण भएको थियो । लाठीसहित आएकाहरुले माइक्रोमा आक्रमण गरेका थिए ।
शाहीमाथिको आक्रमणको सर्वत्र निन्दा भएको छ । उनलाई भेट्द दिल निशानी मगर, पुण्य गौतम, विनय बस्नेतलगायत अस्पताल पुगेका छन् । तस्बिरः दिल निशानी मगरको ट्वीट