Logo

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग



गलकोट, १३ असोज । म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गरे । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गरे ।

रोकामगर र उनको परिवारद्वारा आयोजित स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरमा मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहेका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिकको औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot