Logo

गाँजा सहित पाँच जना पक्राउ



भक्तपुर, १३ असोज । लागू औषध गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चांगुनारायण नगरपालिका ८ खरीपाटीबाट दोलखा शैलुङ गाउँपालिका २ घर भई हाल भक्तपुर सूर्य्विनायक बस्ने शिव थापा मगर सहित पाँच जना रहेका छन् । उनीहरुलाई लागू औषध गाँजा करिब ४६ ग्रामसहित ११ असोजको साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग खरीपाटीबाट खटीएको प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot