काठमाडौं, १४ असोज । मनसुन निष्कृय बन्दै गएकाले दशैंमा ठूलो पानी नपर्ने सम्भावना रहेको छ । असोजभर पानी परिरहेबाट दशैं हिले हुने सम्भावना देखिएको थियो । तर, मनसुन निष्कृय हुनुले खुशीको खबर आएको छ ।
यो हप्ताभित्र मौसम बाहिरिन सक्छ । त्यसपछि लगातार पानी पर्ने सम्भावना कम हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा सामान्य वर्षा हुने जनाएको छ । तर, अधिकांश भागमा सामान्य बदली रहेर ठूलो वर्षाको सम्भावना छैन ।
यसवर्ष असोज लागिसक्दा पनि ठूलो पानी परिरह्यो । मौसम ढिलो गरी नेपाल प्रवेश गरेकाले ढिलोसम्म रह्यो । यसकारण आकाश सफा भइसकेको छैन । तस्बिर स्रोतः मौसम पूर्वानुमान महाशाखा