Logo

राजधानी भित्रियो बाजुरेली अर्गानिक स्याउ



बाजुरा, १५ असोज । बाजुराको अर्गानिक स्याउ राजधानी भित्रियको छ । सामुदायीक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट स्याउ राजधानी पु¥याएको संस्थाका सचिव सतल विकले बताए ।

यस अघि बजार अभावमा बारीमै कुहिने स्याउ यो बर्ष देखि बजारीकरण हुन थालेको हो । कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा उत्पादन भै रहेको स्याउलाई बजार सम्म पु¥याउनका लागि बगैंचादेखि बाटो पुगेको ठाउँ सम्मको ढुवानीमा अनुदान र स्याउ प्याकिङका लागि काटुन समेत उपलब्ध गराए पछि अहिले बाजुराको स्याउ देशका मुख्य शहरमा पुग्न थालेको हो ।

सहकारी संस्थाले राजधानीमा रहेको गोल्यान कम्पनीले माग गरे अनुसार सो स्याउ पु¥याएको जनाएको छ । कृषि सहकारी संस्थाका सचिव विकले काठमाण्डौको गोल्यान कम्पनीले १४ टन स्याउ माग गरेको र हाल ७ टन स्याउ पु(याइएको बताए ।

बाजुराका स्वामीकार्तिक, जगन्नाथ, हिमाली, गौमुल गाउपालिका र बुढीनन्दा नगरपालिकाको २ सय ३० हेक्टर क्षेत्रफलमा बर्षेनी झण्डै १ हजार ५० टन स्याउ उत्पादन हुने गरेको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्