Logo

महराका छोराहरुको निशानामा नेम्वाङ : कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागेपछि षडयन्त्र के लाई बुझ्न्ने ?



काठमाडौं, १५ असोज । बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । संसदमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि महराले हिजो (मंगलबार) उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामालाई लिएर नेकपाका नेताहरुले समेत राजीनामा दिईसकेपछि स्वतः सांसद पद पनि खारेज हुने बताईसकेका छन् । पूर्वसभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महराको राजीनामा पनि अब नेकपाले नचिन्ने बताएका थिए । उनले महराको सांसद पद पनि स्वतः गुमेको स्पष्ट पारेका थिए ।

तर, यो प्रकरणमा हिजो साँझसम्म मौन बसेका महराका छोराहरु राहुल र निर्मलले मध्यराति आक्रोशपूर्ण अभिव्यक्तिसहितको स्टाटस लेखेर बुख्याँचाहरु खडा गरी क्रान्तिकारी नेताहरुको ईतिहास समाप्त पार्ने विदेशी दलका मित्रहरु चिन्ने मौका मिलेको बताएका छन् । त्यतिमात्रै होईन, महराका छोरा निर्मल महरा एटमले नेम्वाङले बोलेको एक अनलाईनको समाचारको फोटोसहित सेयर गर्दै यति छिटो सभामुख पदको लागि कति छिटो आँ गरेर बसेको ? भन्ने स्टाटस लेखेका छन् ।

निर्मलले लेखेको स्टाटस यस्तो छ,”महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन, कति छिटो “आ“गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागे पछि षडयन्त्र के लाई बुझ्न्ने ? धैर्य गर्नोस् ।”

उता, अर्का छोरा राहुल र निर्मलले बन्दुक बोकेको फोटो शेयर गरेर यस्तो लेखेका छन्, राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो,अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडियामार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता,कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ । बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरु संग फेरि भेट हुने छ ।”



प्रतिक्रिया दिनुहोस्