Logo

पक्राउ परेका महरा सरकारी गाडीमा बस्न किन मानेनन् ?, निजी गाडीमा लगियो



काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा परेका छन् । अदालतले महरालाई पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीको एक टोली बालुवाटारमा रहेको सभामुखको सरकारी निवासमा पुगेर निवर्तमान महरालाई पक्राउ गरेको हो ।

महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो । सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो । तर, उनलाई उक्त गाडीमा नहाली अर्के रातो रंगको गाडीमा लगिएको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

धमलाका अनुसार महरा यसअघि आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । पक्राउ परेसँगै उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot