Logo

पक्राउ परेका महरालाई कहाँ राखियो ?, अनुशन्धान सुरु



काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा काम गर्ने महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।

आइतबार साँझ महरा बसेको सभामुखको सरकारी निवासबाटै नियन्त्रणमा लिएको हो । महरालाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुशन्धान सुरु गरिएको छ । पत्रकार ऋषि धमलाका अनुसार महरालाई प्रहरीले उनी चढ्ने गरेको रातो रंगको निजी गाडीमै राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगिएको हो ।

अदालतले महरालाई पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीको एक टोलीले महरालाई पक्राउ गरेको हो । महरालाई प्रहरीले नाटकीय रुपमा नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो । सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो । तर, उनलाई उक्त गाडीमा नहाली अर्के रातो रंगको गाडीमा लगिएको पत्रकार धमलाले जानकारी दिए । file photo/M. Kalikote-RCN



प्रतिक्रिया दिनुहोस्

Screenshot