Logo

सीद्वारा क्युबाका नेताहरुलाई बधाई



२४ असोज : क्युबा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव राउल कास्त्रो रुज र क्यु्बाका नवनिवार्चित राष्ट्रपति मिगुएल डिलाई केनेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले शुभकामना सन्देश पठाउनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी महासचिव समेत रहनु भएका सीले आधा शताब्दी भन्दा बढी समयदेखि चीन र क्युबाका जनताले गहिरो मित्रता रहेको बताए ।

दुई देशबीच असल मित्र, राम्रो साझेदार र भाइचाराको सबन्ध रेहको चिनियाँ राष्ट्रपतिले बताए । एक अर्कालाई ईमानदारी र आपसी विश्वासका साथ व्यवहार गर्न सक्ने पनि उनले बताए ।

सीले चीन र क्युबा सम्बन्धको विकासलाई ठूलो महत्व दिनु भएको छ । सीले पनि राष्ट्रपति दियाज केनेलसँग द्विपक्षीय सहयोगको चौड़ाई र गहिराई विस्तार गर्न र द्विपक्षीय सम्बन्धको स्थिर र दिगो विकासको लागि जोड दिन संयुक्त प्रयास गर्न तयार रहेको कुरा पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot