काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार विमानको सुरक्षा र सहज अवतरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य विमान उडान र अवतरण रोकिएको छ । नागरिक उड्डयन्त्र प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयले दिउँसो २ बजेर ५५ मिनेटयता उडान र अवतरण रोकेको हो ।
साँढ ४ बजेमात्र विमानस्थलमा अन्य विमानको उडान अवतरण गर्न दिइनेछ । भोलि विहान ११ ५० देखि २ बजेसम्म उडान र अवतरण रोकिनेछ । चिनियाँ राष्ट्रपति सी चढेको विमान उडेको केही समयपछि मात्र उडान र अवतरण गर्न दिइने जनाइएको छ ।