Logo

चिनियाँ राष्ट्रपति फर्किए, झाँकीसहित विदाई (फोटोफिचर)



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरि चिनियाँ राष्ट्रपति सी जिनफिङ आज अपरान्ह स्वदेश फर्किएका छन् । राष्ट्रपति सीको सम्मानमा उनको सवारी रुटहरुमा सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । सी हिजो काठमाडौं ओर्लदापनि उनको भव्य स्वागत गरिएको थियो । काठमाडौं ओर्लदा जसरी भव्य स्वागत गरिएको थियो, त्यसैगरि उनी स्वदेश फर्किँदा पनि उनलाई भव्य विदाई गरिएको थियो ।

चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो । उनको विदाइका क्रममा विमानस्थलमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्