Logo

विस्फोटक पदार्थ पटकासहित दुई युवक पक्राउ



मिर्चैया, २७ असोज । विस्फोट पदार्थ पटकासहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले सिरहा नगरपालिका–१९ बाट करीब रु २० हजार मूल्य बराबरको विस्फोटक पदार्थ पटकासहित सिरहाको गोलबजार नगरपालिका–८ निवासी २१ वर्षीय शम्भू साह र २४ वर्षीय रुबेल मण्डललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट स६प १७९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई शङ्का लागेर जाँच गर्दा ती विस्फोट पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकामाथि आवश्यक कारवाही अघि बढाएको प्रहरीको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot