Logo

नक्कली सुन सहित तीन जना पक्राउ



धनुषा, २८ असोज । नक्कली सुन बेच्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर डेबरिया लारसमेमपुर बस्ने राम कुमार बर्मा, शान्ति देवी र सिमा देवी रहेका छन् ।

उनीहरुले नक्कली सुनलाई सक्कली सुन भनी क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्ने क्रममा २७ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

नक्कली सुनबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी एक थान र लकेट एक थान उक्त पसलमा विक्री गरी ठगी गर्न खोजेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्