Logo

महरालाई तीन दिन थुन्न अदालतको अनुमति (तस्विरसहित)



काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन थुन्नलाई अदालतले अनुमति दिएको छ।

महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि आज अदालत लगिएको थियो । हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस भएको थियो ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका थिए । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot