Logo

रातारात एनआरएनमा पैसाको चलखेल, चुनाव भए एक अर्वसम्म खर्च हुन सक्ने



काठमाण्डौ । कुमार पन्त र कूल आचार्य एनआरएनएको नेतृत्वको लागि नभै अध्यक्षका दुवै उम्मेदवार ठूलै पार्टीको चुनावमा झै होमिएका छन् । सत्तारुढ दल नेकपानिकट मानिएका कुमार पन्त र कांग्रेस निकट कूल आचार्यबीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।

पन्तलाई वालुवाटार र आचार्यलाई बुढानिलकण्ठबाट बल मिलिरहेको छ । अर्थात सत्तारुढ दल नेकपा तथा सरकार नै पन्तलाई जिताउन लागि परेको छ । उता कांग्रेस जसरी भए पनि आचार्यलाई जिताउन चाहन्छ ।

दलीय आधारमा उम्मेदवार खडा भएपछि प्रतिस्पर्धा पनि निकै रोचक हुने भएको छ । चुनाव जित्नका लागि पन्त र आचार्य दुवै मरिमेटेर लागेका छन् । महाधिवेशनका लागि काठमाण्डौ आएसँगै दुवै उम्मेदवार कम्मर कसेर लागेका हुन् । यद्यपी सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास पनि भइरहेको छ । तर त्यसको सम्भावना ज्यादै न्युन देखिन्छ ।

सर्वसम्मत नभएको खण्डमा दुवै उम्मेदवार जतिसुकै पैसा खर्च गरेर भए पनि चुनाव जित्ने अभियानमा छन् । काठमाण्डौमा रहेका सयौँ एनआरएनए प्रतिनिधि अर्थात मतदातालाई आफ्नो पक्षमा पार्नका लािग पन्त र आचार्य मोटो रकम खर्च गर्न अघि सरेका छन् ।

चुनावको पूर्वसन्ध्यामा अध्यक्षका उम्मेदवारद्धय पैसा मात्र नभै आफू निकट राजनीतिक दल र तिनका कार्यकर्तासमेत प्रयोग गर्नमा सक्रिय छन् । दुवै उम्मेदवार प्यानलै बनाएर अहिले भोट माग्न व्यस्त छन् । भोट माग्नका लागि पैसासँगै युवतीहरुकोसमेत प्रयोग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्