
काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए । पन्तले एक हजार ९४ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी आचार्यले नौं सय ५९ मत पाएका थिए । २३४१ मत खसेको थियो।
उपाध्यक्षमा पन्त समूहबाट अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र आचार्य समूहबाट मन केसी र रविना थापा निर्वा्चित भएका छन्। महासचिवमा पन्त समूहबाट हेमराज शर्मा चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ तथा सचिवमा गौरी जोशी र आर के शर्मा निर्वा्चित भएका छन्। जोशी आचार्य समूहका हुन्। सह कोषाध्यक्षमा आचार्य समूहबाट लोक दाहाल निर्वा्चित भएका छन्। यद्धपी निर्वाचन कमिटीले मतपरीणाम सार्वजनिक गरेको छैन् । अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको र भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेकोले उनी विजयी भएको हाम्रो बुझाई छ ।
तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई निकै पछाडि पारे । पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए । बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। तस्विर : प्रदीपराज पन्त