अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि पनि चुनाव जित्ने सम्भावना देखिएको छ । उनी जतिसुकै विवादमा आएपनि चुनाव जित्ने प्रक्षेपण गरिएको छ ।
अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले चुनाव जित्ने विश्लेषण गरेका छन् । सिरिया, युक्रेनका अलावा कतिपय मुद्दामा ट्रम्पलाई असर परेपनि उनी चुनाव जित्ने अवस्थामै रहेका हुन् ।
कतिपयले ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बन्न नसक्ने अनुमान लगाइरहेकाबारे मुडीको विश्लेषणले जित्ने सम्भावना देखाएको हो । ट्रम्प आप्रवासीको मुद्दामा कडा बन्दा अमेरिकीहरुले मतदान गर्ने सम्भावना रेहेको हो ।
विगत चुनावमा पनि रिपब्लिकन उम्मेदवार बन्दा उनले आप्रवासीविरुद्ध कडा कदम चाल्ने मुद्दा उठाएर फाइदा उठाए । सन् २०१६ को चुनावमा ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । सन् २०२० मा चुनाव जितेमा ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बन्नेछन् ।
-एजेन्सी