Logo

सन्दीप ‘द हन्ड्रेड’ लिगमा अनुबन्धः पाउने भए एक करोड ४७ लाख



काठमाडौं, ४ कार्तिक । नेपाली क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने खेलमा सन्दीपलाई ‘द हन्ड्रेड’ ड्राफ्टबाट ओभल इन्भेन्सीबल्सले अनुबन्ध गरेको हो ।

सन्दीप एक करोड ४७ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । उनले पाएको यो मूल्य हालसम्मकै उच्च हो । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ ।आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

photo: cricket365.com



प्रतिक्रिया दिनुहोस्

Screenshot