Logo

प्रधानमन्त्री ओलीको दाबी : इतिहासमै कहिल्यै नभएका काम मेरो पालामा भए (फोटोफिचर)



काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा इतिहासमै नभएका कामहरु सम्पन्न भएको दाबी गरेका छन् । सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’

त्यस्तै, उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको पनि बताए । उनले भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’ उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराएका छन् ।

नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए । उनले आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाएपनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको दाबी गरे । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्