Logo

नेविसंघमा ३२ वर्षे उमरहदमा दायाँबायाँ हुँदैन- अर्जुन जोशी, नेता, नेपाली कांग्रेस



काठमाडौं, ७ कात्तिक ।  नेपाली काँग्रेसका नेता अर्जुन जोशीले काँग्रेसको केन्द्रीय समिति बैठकले लिने निर्णयहरुबारे बोलेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज के हुन्छ ?
नेपाली कांग्रेस मुलुकको सबैभदा पहिलो ठूलो लोकतान्त्रिक पार्टी हो । आज केन्द्रीय समिति बैठक हुँदैछ । त्यसमा मुलुकको समसायिमक विषयमा चर्चा हुनेछ । अहिले केही ठाउँमा उपनिर्वाचनहरु पनि हुँदैछन् । त्यसमा कसरी जाने भन्ने विषयमा पनि चर्चा हुनेछ । पार्टीका आन्तरिक विषय पनि छन्, जस्तो विभिन्न भातृसंस्थाको विषयमा एउटा समिति बनेको थियो, एनपी साउदजीको संयोजकत्वमा ।
नेविसंघ त नेतृत्वविहिन छ नि ?
नेविसंघको नेतृत्व दिन सकेका छैनौं, त्यो सबैतिर जगजाहेर छ । सबैको सहमतिमा प्रभावशाली ढंगले आओस् भन्ने छ । यसको लागि धेरै समय कुर्नुपर्ने छैन ।
नेविसंघको नेतृत्व आजै सहमतिमा बाँडफाँड गर्न सक्नुहुन्छ ?
ठ्याक्कै यति नै बेला भन्ने छैन, तर यथासक्य छिटो ल्याउने प्रयास हुन्छ ।
कति दिनभित्र हुन्छ ?
तयारी अन्तिमचरणमा पुगिसकेको छ । सबैको सहमतिमा राम्रो कटिमिटी ल्याउन खोज्दा अलिकति समय लागेकै हो ।
कांग्रेसभित्र त गुटैगुटको भागवण्डा छ, कसको गुटले पाउँछ त अध्यक्ष ?
यसमा भागबन्डाभन्दा पनि सबैको सहमतिमै ल्याउने प्रयत्न गर्दा सबै विचार समूहहरु छन् । त्यसमा नेताहरु पनि हुनुहुन्छ । ती सबै नेताहरुको परामर्शमा सबैको चित्त बुझ्नेगरी, सबैलाई आफ्नो प्रतिनिधित्व भएको अनुभूति हुनेगरी ल्याउनका लागि पनि समय लागेको हो । यसमा यो मान्छे भन्दा पनि यसमो प्रमुख दायित्व भनेको ६ महिनाभित्र अधिवेसन गर्ने हो । त्यसमा आमविद्यार्थीलाई समेट्न सक्ने सक्षम व्यक्ति ल्याउने प्रयास भइराखेको छ ।
होइन, कुन नेताको आउँछ ? नेविसंघमा राम्रा मान्छेआउँदैनन्, कसैको गोजीको आउने हो ?
जुझारु रुपले नेविसंघमा काम गरेका, नेविसंघका नेता आउनुहुन्छ ।
नेविसंघभित्र त वर्ष तोकेर ३२ वर्षभित्र को भनेका छन् नि तपाईं के भन्नुहुन्छ ?
पहिला हाम्रो केन्द्रीय कार्यसमितिमा पनि ३२ वर्षभित्रकै ल्याउने निर्णय भइसकेको हो । त्यसैले आगामी अधिवेशनबाट आउने नेतृत्व ३२ वर्षकै लागु हुन्छ यसमा कुनै दायाँबायाँ हुँदैन ।
यही तदर्थसमितिको कुरा गरेको यसमा के हुन्छ ?
यसको नामै तदर्थ समिति छ । यो अधिवेशन गराउनका लागि मात्रै बनेको समिति हो । यसमा धेरै छलफल गरिरहनुभन्दा अब आउने अधिवेसनमा ३२ वर्ष लागु गर्नैपर्छ।
त्यसोभए यो तदर्थसमितिमा वर्षको मापदण्ड लाग्दैन ?
यो अधिवेशन गर्नका लागि मात्र बनाउन लागिएको तदर्थसमिति भएकाले यसमा ३२ वर्षभित्रको पनि पर्न सक्नुहुन्छ, त्योभन्दा माथिको पनि पर्न सक्नुहुन्छ । राम्रो त ३२ मुनिकै हो । फेरि अधिवेशन गर्नुपर्ने जिम्मेवारी पनि छ, यसको । त्यसैले यो अधिवेशन गर्नका लागि मात्रै भएकाले यो नीतिमा नेताहरु पनि अलिकति फेक्जिबल देखिनुभएको छ ।
त्यसोभए शेरबहादुर देउवाको चाहना अनुसार नै काम हुनेभयो ?
त्यसरी शेरबहादुर देउवा नभनौं न, सभापति, महामन्त्री भनौ न उहाँहरु नै त हो नि ।
सभापतिकै चाहना अनुसार नेविसंघ अगाडि बढ्नेभयो हो ?
उहाँ सभापति भएकाले त्यो सुविधा त स्वाभाविक रुपमा उहाँले पानुनै हुन्छ नि । उहाँ चुनाव लडेर पार्टी चलाउने जिम्मेवारी पाउनुभएको हो । त्यसकारण पार्टी हाक्नका लागि उहाँले त्यो खालको सुविधा त पाउनुहुन्छ नि । अहिलेको नेतृत्वले पनि पाउनुहुन्छ, भोलि आउने नेतृत्वले पनि पाउनुहुन्छ ।
शेरबहादुर देउवा पार्टीभित्र अलोकप्रिय हुँदैजानुभयो भनेर नेताहरुले भनेका छन्, त्यो सही हो ?
अलोकप्रिय र लोकप्रिय त कसरी भन्ने हो, अधिवेशन आउँदैछ । कुनै व्यक्ति नेतृत्वमा पुगिसकेपछि ऊबाट बढिनै अपेक्षा गर्ने बानी हामी का नेता नेपालीमा बसिसकेको छ । त्यो अपेक्षअनुसार काम हुन सक्दा केही टिकाटिप्पणीहरु स्वाभाविक रुपमा हुन्छन् ।
उहाँ पार्टी सभापति भइसकेपछि कांग्रेसले के प्रगति गर्यो, अभैm पनि विभागसम्म गठन गर्नसक्नुभएको छैन नि ?
त्यो त भएको छैन, नभएको कुरालाई मैले भएको छ भन्न मिल्दैन । यो पनि अब छिट्टै हुन्छ । अगि तपाईंले भागबन्डा भन्नुभयो, यसलाई मैले सहमति भन्न रुचाएँ । नेपाली कांग्रेसमा सभापति हुनलायक नै धेरै नेताहरु हुनुहुन्छ । त्यसैले सबैको चित्तबुझाएर एउटा प्रभावशाली समिति ल्याउँभन्दा ढिलो भएको हो । अब यसरी ढिला गर्नुहुँदैन, मैले पनि बारम्बार सभापतिज्यूलाई भेटेर भनेको छु, अब ढिला नगर्नुस् भनेर ।
आजको केन्द्रीय समिति बैठकमा नेताहरुबीच सबै द्वन्द्व टुंगिन्छन् ?
कसरी टुुंगिन्छन्, यति धेरै मुद्दाहरु छन् । नेताहरुबीच विचारविमर्श भएन भने त पार्टी नै गतिशील हुँदैन नि । त्यसैले अलग–अलग नेताहरुको फरक विचार त आइहाल्छ नि । यी कुराहरु टुंगिलान् फेरि नयाँ कुराहरु आउँछन् । त्यसैले एउटा जीवन्त पार्टीमा अलग–अलग विचारहरु आइरहन्छ, आइरहनुपर्छ । त्यसलाई विवाद भन्ने नै हुँदैन पूर्णलोकतान्त्रिक पार्टीमा ।
कास्कीमा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउँदै छ ?
त्यहाँका साथीहरुसँग बुझेर निर्णय गरिने छ । हामीले कास्कीको चुनावलाई एउटा परीक्षणको रुपमा पनि लिएका छौं । त्यहाँको लागि मलाई पार्टीले खटाएको थियो । ३२÷३३ दिन बसेर कास्कीको वातावरण हेरेको पनि छु । कास्कीमा अहिले हाम्रा नेता, कार्यकर्ताहरु उत्साहित हुनुहुन्छ । उहाँहरु सबै कसरी चुनाव जिताउन सकिन्छ भनेर एकजुट देखिनुभएको छ ।
होइन, कसलाई तपाईं उम्मेदवार बनाउँदै हुनुहुन्छ ?
त्यो त मैले भन्ने होइन नि । यो त पार्टीको बैठकले बनाउने हो, आज पनि यस विषयमा केही छलफल होला । हामीले कम विवाददित, बढी भोट ल्याउन सक्ने मान्छे हेरिरहेका छौं ।
त्यहाँ कम विवादित र बढी भोट ल्याउने कांग्रेस को छ त ?
त्यसरी मैले भन्न मिल्दैन ।
तपाईं कास्कीमा बस्दा कार्यकर्ताले कसलाई बढी चाहेको पाउनुभयो त ?
मैले त मेरो तर्पmबाट बुभेmँ । त्यहाँ वडा कार्यसमितिहरु ह्ुनुहुन्छ । जिल्ला कार्यसमितिहरु हुनुहुन्छ । पार्टीभित्र एकसे एक खारिएका नेताहरु पनि त्यही क्षेत्रमा हुनुहुन्छ । युवालगायत खारिएका नेताहरु पनि त्यही क्षेत्रमा हुनुहुन्छ । वडा, क्षेत्र र प्रदेश समितिहरु पनि छन् । यी सबैको राय आउँदैछ । त्यसैले एउटा व्यक्तिले यो हो भन्दा त विवाद भइहाल्छ नि ।
चुनाव आउन एक महिना बाँकी छ, अहिले पनि उम्मेदवार चयन गर्न सक्नुहुन्न भने के हुन्छ कांग्रेस पार्टीभित्र ?
पहिलादेखि यस्तै हो । हामी चुनाव लड्दा पनि यस्तै हुन्थ्यो । दिनसके पहिला दिँदा पनि राम्रो तर धेरै पहिला उम्मेदवारी दिँदा पनि थामिसक्नुहुँदैन । यो हप्ताभित्र हामी उम्मेदवारी टुंगो लगाउँछौं ।
आर्थिक क्रान्तिमा वर्तमान सरकार सफल कि असफल ?
यो मैले भन्दा पनि तपाईंहरुले बढी बुझ्नुभएको होला ।
होइन, कांग्रेस पार्टीको नाताले समीक्षा गर्नुस् न ?
म नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले मैले भन्दा पूर्वाग्रह होला, प्रतिपक्षको आँखाले हेरेको होला । तर, विकास, संविधानको कार्यान्वय, प्रेसप्रति सरकारले हेर्ने नीति र नियत, मानवअधिकारप्रति, अदालतप्रति, सेना, प्रहरीप्रति, मूल्यबृद्धिलगायतका विषयमा आमजनतामाथि पुरै खेलबाड गरिएको अवस्था छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएर अगाडि बढेको सरकार आज न्यूनतम कुरा पनि नपाउने अवस्था छ । मूल्यबृद्धिमा न्यूनतम वस्तुमा समेत नपाउने अवस्था छ । मूल्यबृद्धि र करबृद्धिले गर्दा मान्छेहरु नेपालमा बस्ने र पेशा गर्ने अवस्था भएन भनेर विदेशिएर खाडीमुलुकतिर लागेका छन् । नेपालमा केही पेशा गर्छुभन्दा पनि विभिन्न शीर्षकमा दोहोरो, तेहोरो कर लगाएर थेगिनसक्नुभएको छ । युवाहरु विदेशीँदा जग्गाजमीनहरु सबै बाँझो भएको छ । त्यो बाँझो जग्गाको पनि घर बढाइदिएको छ । खेतीकमाइ नै नभएको जग्गामा कर लगाइदिएर जग्गा बेच्नुपर्ने अवस्थामा पु¥याएको छ । उद्योगधन्दा, कलकारखाना सबै बन्द भएको अवस्था छ । अर्थतन्त्रको ऐनाको रुपमा नेप्सेलाई लिन सकिन्छ । त्यो आज हेर्नुस् कहाँ पुगेको छ । सेयर कारोबार गर्नेको ओठतालु सुकेको अवस्था छ । यो सरकार त आमजनताले हाम्रा लागि बनेको होइन भन्ने अवस्था आएको छ । सरकारका प्रति मेरो धारणा भन्दा पनि बजार, बस, ट्याक्सी चढ्दा, सामानखरिद बिक्री नै सबैले बुझ्नसक्नुहुन्छ । मैले भनिरहनु पर्दैन । उता पत्रकारको टाउकोमा तरबार झुन्डिएको अवस्था छ । पत्रकार साथीहरुले अड्कलेर बोल्नुपर्ने, अड्कलेर लेख्नुपर्ने अहिले त यस्तो छ भने भोलि कस्तो होला । पछिल्लो समय सरकारले जे–जस्ता विधेकहरु ल्याएर एकपछि अर्को गरेर पास गर्दै गएको छ । त्यसपछि मुलुक कहाँ पुग्छ, यहाँको पत्रकारिता, यहाँको मानवअधिकार, यहाँको लोकतन्त्र, जसरी अहिले धमाधम संसदमा विधेयकहरु पेश गरिएको छ, त्यो पास हुँदैजाने हो भने सेनादेखि मानवअधिकार, पत्रकार, आमनागरिहरुले कस्तो लोकतन्त्रको अनुभूति गर्लान् । प्रतिपक्ष र पत्रकार, मानवअधिकारवादी र सरोकारवालाले खरोरुपमा आवाज उठाएका कारण यी विधेयकहरु संसदमै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot