काठमाडौं, ९ कात्तिक । आज काग तिहार मनाइँदै छ । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार आज मनाईएको छ । आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने परम्परा छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खाना खुवाएर खुसी पार्ने चलन छ ।
यसैबीच, आजै गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइँदै छ । आज गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने विश्वास छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम