Logo

लक्ष्मीको बास कहाँ



रामचन्द्र गौतम:

लक्ष्मी पूजा गर्न यतिनै बजे भन्ने हुँदैन । जुन दिन सन्ध्याकाल औसी त्यही दिन लक्ष्मी पूरा गर भन्ने शास्त्रीय निर्णय भएकाले आइतबार दिउँसोबाटै औंसी शुरु हुन्छ । सन्ध्याकालमा लक्ष्मी पूरा गर्नुपर्छ यो शास्त्रीय निर्णय हो ।

लक्ष्मी पूरा गर्ने सन्ध्याकालमा हो । लक्ष्मी त सन्ध्याकालमा कहाँ–कहाँ सफासुग्घर गरेको छ, त्यहाँ–त्यहाँ घुम्दै हिड्छिन् । अफिसमा दिउँसै लक्ष्मी पूजा गर्ने गरिएको छ । दिउँसो गर्दा पनि हुन्छ, तर लक्ष्मी सन्ध्याकालमा आउँछिन् ।

लक्ष्मीले सबैको घरमा बास गर्नुपर्ने हुन्छ । धनबिना कसैको जीवन चल्दैन, त्यसैले उनले सबैको घरमा बास गरेर जीवनस्थर समृद्ध बनाउनुपर्ने हुन्छ । मानिसको जीवनमा भौतिक उन्नतिको लागि लक्ष्मीको आवश्यकता पर्दछ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमसँग वार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot