Logo

बसको ठक्करबाट एकको मृत्यु



भरतपुर, ११ कात्तिक: चितवनको खैरहनीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–८ पर्सा बजारमा गए राति नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना६ख १७४१ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ना५५प २१३१ नंको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते बनेका मोटरसाइकल चालक खैरहनी–१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot