Logo

निधिले ओली-प्रचण्डलाई अनाडी भनेपछि..



काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि नेकपा नेतृत्वविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् । उनले मुलुकको शासन व्यवस्था अनाडीको हातमा पुगेको टिप्पणी गरेका हुन् ।

आज धनुषाको रमदैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कडा टिप्पणी गरेका हुन् । निधिले कम्युनिष्टको विचारधारा नै संघीयता र लोकतन्त्र विरोधी रहेको टिप्पणी गरे ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा शासन व्यवस्था पुगेको भन्दै निधिले संघीयता र लोकतन्त्रमाथि खतरा आइपरेको बताए । उनले भने,‘कम्युनिष्टको विचारधारारले संघीयता र लोकतन्त्रमाथि विश्वास गर्दैन । कम्युनिष्टहरु एकदलीय शासन प्रणालीमा विश्वास गर्छन् ।’

निधिले नेकपालाई मात्रै निशाना बनाएनन् मधेश केन्द्रित दल उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर संयोजक रहेको राजपा नेपालको पनि कडा आलोचना गरे । ती दुवै दलले मधेशको नाममा जनतालाई ठग्ने मात्रै काम गरेको निधिकिो आरोप छ । उनले समाजवादी र राजपाबाट मुलुकलाई खतरा रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्