Logo

खेलमा घाइते भई फर्किएपछि कमल थापाले चीनको प्रशंशा गरे



काठमाडौं, १४ कात्तिक । चीनमा टेनिस खेल्दा घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि उनले चीनको तिव्र आर्थिक विकासको प्रशंशा गरेका छन् ।

सेन्झेनमा भएकोआइटीएफ इन्टरनेशनल सिनियर सर्किटमा सहभागी भएका उनले ट्वीट गर्दै लेखेका छन्, ‘चीनले प्राप्त गरेको तिव्र आर्थिक विकासलाई नजिकबाट देख्ने बुझ्ने अवसर पाएँ ।’

खेलका दौरान उनको मसल क्रयाम्पको समस्या परेको थियो । उनले बीचैमा खेल छाडेका थिए । अहिले आफू स्वस्थ भएको जानकारी दिएका छन् ।

Photo Source: Kamal Thapa Twitter



प्रतिक्रिया दिनुहोस्