काठमाडौं, १५ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्माचारी रोशनी शाहीमाथि जबरजस्ती यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयमा आफ्नो बयान दिएका छन् ।
उनले आफूमाथि लागेको सबै आरोप असत्य भएको दाबी समेत गरेका छन् । अभियोगपत्रमा उनले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको स्पष्ट पारेका छन् । उनले भनेकी छिन्,‘उनी मेरो विद्यार्थीजस्तै हुन् । उनले अहिले पनि मलाई महरा सर भनी सम्बोधन गर्छिन् ।’ महराले आफू उनको अभिभावक भएको दावी पनि गरेका छन् । बयानमा उनले भनेका छन्, विवाहमा म अभिभावकको भूमिकामा थिएँ ।’