Logo

सचिवालय बैठकमा ओलीले भने :‘म स्वस्थ छु’



काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको कुरा पार्टीको सचिवालय बैठकमा जानकारी गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘उहाँले स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँ अहिले सिकिस्त भएको अवस्था होईन, स्वास्थ्यमा केही समस्या भएको कारणले चिकित्सकहरुले परीक्षण गरिरहनुभएको छ । अहिले सामान्य अवस्थामा काम गरिरहनुभएको छ । थप उपचारको लागि रिपोर्ट आउनुपर्छ ।’

त्यस्तै, आजको आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेद्धवार चयनलगायतका विषयमा पनि छलफल भएको श्रेष्ठले जनाए । उनकाअनुसार बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको थियो ।

उनले भने,‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो।’ नेकपाले भोलि (आइतबार) बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने भएको छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्