Logo

बार्सिलोनाको लज्जास्पद हार, मेस्सीको गोल काम लागेन



काठमाडौं, १६ कात्तिक । जारी स्पेनिश ला लिगामा बार्सिलोनाले लेभान्टेसँग लज्जास्पद हार व्यहोरेको छ । स्टार खेलाडी मेस्सी, स्वारेज, ग्रिजम्यान, फाटीसहित मैदा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो । मेस्सीको पेनाल्टी गोलमार्फत अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएको हो । मेस्सीले ३८ मिनेटमा गोल गरेका थिए ।

उता, लेभान्टेको जीतमा काम्पनाले ६१ मिनेटमा, मोरायलले ६३ र ६८ मा दुई गोल गरेका हुन् । लेभान्टेको होम ग्राउण्डमा भएको खेलमा दोस्रो हाफमा बार्सिलोना सम्हालिन नसकेको हो । खेलमा बार्साका धेरै खेलाडीहरुले पहेंलो कार्डसमेत खाएका थिए ।

खेलमा बार्साको दबदबा रहेपनि बार्सिलोना खेलमा फर्किन सकेन् । दोस्रो हाफमा मेस्सीले एक गोल गरेका थिए । तर, उनको गोल अफसाईड भएको थियो । लिगमा अहिलेपनि बार्सिलोना शीर्ष स्थानमा छ । ११ खेल खेलेको बार्सिलोनाको २२ अंक छ । तर, एक खेल कम खेलेको रियल मडिडको भने २१ अंक छ । आज रियलले खेल्दैछ । आजको खेल जिते उ लिगको शीर्ष स्थानमा उक्लिने छ ।



प्रतिक्रिया दिनुहोस्