Logo

सरकारले भारतको नयाँ नक्शा अमान्य भनेरमात्रै पुग्दैन्, तत्काल सच्याउन पहल गर्नुपर्छ : आचार्य



काठमाडौं, २० कात्तिक । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपाल सरकारले कालापानी र लिपुलेक आफ्नो भूभागभित्र राखेर भारतले जारी गरेको नयाँ नक्शा अमान्य भनेर मात्रै नपुग्ने टिप्पणी गरेका छन् । उनले तत्काल भारतीय नक्शा सच्याउनको लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

बुधबार साँझ आफ्नो ट्वीटरमा विचार राख्दै उनले यस्तो भनेका हुन् । आचार्यले लेखेका छन्,”नेपाल सरकारले भारतको नयाँ नक्सालाई अमान्य छ भनेर मात्र पुग्दैन । तत्काल सच्चाउन पहल गर्नु पर्दछ । यसकालागि सबै राजनीतिक दलहरुको सहयोग आवश्यक छ । भारतीय कार्य अत्यन्त खेदजनक छ । राष्ट्रको सार्वभौमसत्ता सानो वा ठूलो भन्ने हुदैन । समानताको सिद्धान्तमा आधारित हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्